बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

डोनाल्ट ट्रम्पले दिए इमरान खानलाई दुईटा औनौठो उपहार
कराँची । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई उपहारमा क्रिकेट ब्याट र पूर्व अमेरिकी राष्ट्रपति आइजनहावरको तस्बिर दिएका छन् । सोमबार ट्रम्पलाई भेट्न ह्वाइट हाउस गएका खानलाई उक्त उपहार दिएका हुन् ।
पाकिस्तानी मिडिया रिपोर्ट अनुसार आइजनहावर अमेरिकाका एक यस्ता प्रधान्त्री हुन् जसले पाकिस्तानमा एक क्रिकेट टेस्ट म्याच हेरेका थिए ।
आफ्नो संबोधनका क्रममा ट्रम्पले क्रिकेटरबाट एक राजनेता बन्न सफल भएको भन्दै ट्रम्पको खुलेर प्रशंसा गरेको समाचारमा जनाइएको छ । ट्रम्पले खानको कार्यकालमा पाकिस्तानले ठूलो प्रगति गर्ने र पाकिस्तान अमेरिका सम्बन्धले समेत नयाँ उचाई पाउनेमा विश्वस्त रहेको बताएका थिए ।
ट्रम्पले दिएको उपहारको विषयलाई लिएर भारतीय तथा पाकिस्तानी मिडियाहरुमा बिभिन्न चर्चा भइरहेको छ ।