हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
महिलामा बाँझोपन ल्याउने यी ४ कारण
एजेन्सी । गर्भधारणको इच्छा राखेर पटक पटक कोशिश गर्दा पनि धेरै महिला आमा बन्न असमर्थ हुन्छन् । त्यसछाडिका धेरै कारणहरु हुन्छन् । हाम्रो समाजमा लामो समय गर्भधारण हुन नसके प्राय महिलालाई नै दोषी देखाउने चलन हुन्छ । कतिपय अबस्थामा बहुविवाहको चपेटामा समेत महिला पर्ने गरेका छन् । गर्भधारण नहुनुमा बिभिध कारणहरु हुन्छन् । आनुवांशिक समस्या, शारीरिक कमजोरी, हार्मोनल असंतुलन तथा कतिपय समयमा मानसिक समस्याका कारण पनि गर्भ नरहन सक्छ । यहाँ हामीले केही त्यस्ता कारणहरु बारे चर्चा गर्दैछौँ जसले गर्भाधारणमा समस्या देखिने गरको छ ।
१) बोडी मांस इन्डेक्स (बीएमआर्ई)
जुन महिलामा बोडी मांस इन्डेक्स (बीएमआई) को मात्रा बढी हुन्छ उनीहरुलाई गर्भधारणमा समस्या देखिन सक्छ । बिभिन्न अन्र्राष्ट्रिय एजेन्सीहरुले गरेको अध्ययन निष्कर्ष अनुसार प्रेग्नेन्सी प्लान गर्नु पहिले आफ्नो वजन, डाइट तथा एक्सरसाइजका बारेमा चिकित्सकसँग सल्ला लिनुपर्छ । चिकित्सकको सल्लाह अनुसार बीएमआई कसरी कन्ट्रोल गर्ने भन्नेमा जानकारी राख्नुभयो भने गर्भधारणमा सहयोग पुग्छ ।
२) प्लास्टिक
प्लास्टिक वातावरणको लागि मात्र होइन गर्भधारणका लागि समेत समस्या बनेको छ । यसले महिलाको गर्भाधारण क्षमतामा प्रभाब पार्न सक्छ । प्लास्टि हानिकारक छ भन्ने जान्दाजान्दै पनि हाम्रो दैनिक जीवनमा यो अभिन्न अङ्ग जस्तै बनेको छ । यसको प्रयो अत्यधिक मात्रामा हुने गरेको छ । प्लास्टिकमा फैथालेट्स एंडोक्राइन डिसरप्टर्स हुन्छ । जुन तपाईँको शरीरको प्राकृतिक क्षमतालाई प्रभावित गर्छ । यसकै प्रभाबका कारण पनि कतिपय महिलामा गर्भधारण क्षमतामा समस्या आउनसक्छ ।
३. निद्राको कमी
स्ट्रेस, डिप्रेशनबाट बच्न र मानसिक शांतिका लागि मात्रै होइन गर्भधारणका लागि पन िपर्याप्त मात्रामा निद्राको आवस्यकता पर्छ । यदि पर्याप्त मात्रामा सुत्नु भएन भने पनि यसले तपाईँको गर्भाधारण क्षमतामा प्रभाब पार्न सक्छ ।
४. भिटामिन डी को कमी
गर्भधारणका लागि भिटामिन डी को भूमिका पनि महत्वपूर्ण हुन्छ । त्यसैले भोजन तथा प्राकृतिक रुपमा भीडामिन डी प्राप्त गर्ने प्रयाश गर्नुभयो भने पनि गर्भधारणमा सहयोग पुग्छ । यसका साथै चिकित्सकका सल्लाहमा भिटामिन लिने र अन्य समस्याका बारेमा पन िपरामर्श गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा