महारानीको तीज गीतमा पारिवारिक प्रेमको प्रतिबिम्ब (भिडियो)

काठमाडौ । नेपाली हिन्दु नारीहरुको महान चाड तीज नजिकिएसँगै सबैतिर तीजका गीत घन्किन थालेका छन् । धेरैजसो गीतको बजारमा ब्यापक चर्चा पनि छ । यही लोक संगीतको सांगितिक भिडमा चर्चित लोक तथा दोहोरी गायिका एवं सञ्चारकर्मी शितल शर्माले पनि तीज गीत सार्वजनिक गरेकी छन् ।

पानीजहाज हुँदै महारानीको यात्रामा सफल र चर्चित बनेकी शर्माले यो बर्षको तिजमा आफ्नै स्वरमा खुमन अधिकारीको लय बैकुण्ठ महतको शब्द र हरेको चौतारी नामक गित बजारमा ल्याएकी छन् । गीतमा प्रयोग गरिएको मौलिक शब्द र भाबले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय समाजमा पारिवारिक कलहले बिकृत बन्दै गइरहेका बेला शर्माले चौतारी तीज गीत मार्फत पारिवारिक प्रेमलाई मिठास रुपमा प्रस्तुत गरेर गीत मार्फत सकारात्मक सन्देश दिने चेष्टा गरेकिछिन् ।

शर्माको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा ख्याती प्राप्त कलाकारहरुले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *