What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कस्ताे डिजाइनकाे लगाउने यसपालि मेहेन्दी ?
What To Know
- साउन महिना प्रकृतिक रूपले नै हरियो हुने भएकाले नारीहरूले यस्तै खालको रङको समायोजन गर्दा तादाम्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटिए पनि पछिल्लो समयमा यसको चलन बढ्दै गएको छ । अथवा यसले एउटा फेसनको रूपमा हामी बीचमा गतिलै रूपले आफ्नो उपस्थिति देखाएको छ । यो महिनालाई शिवजीको महिना भनेर पूजाआजा गरिन्छ । यो एउटा आस्था पनि हो । साेमबार बर्त बस्ने प्रचलन पनि छ । धार्मिक विश्वास एकातिर छ भने अर्काे तिर नयाँ परिबेश र नाैलाे शैली फेसन बन्दै गएकाे छ ।.
- पहिले पहिले गाउँघरमा तिउरी लगाउने चलन थियाे । बढ्दाे सहरीकरण र प्रविधि तथा भारतीय प्रभाबले मेहेन्दी लगाउने चलन पनि बढेकाे छ । साउनमा मात्रै हाेइन अन्य विभिन्न अबसरमा पनि मेहेन्दी लगाउने प्रचलन बढेकाे छ । अरेबिक तथा हिन्दु परम्पराले नेपालमा पनि बिस्तारै रवाफ जमाउँदै गएकाे छ । राम्राे र सुन्दर डिजाइनकाे मेहेन्दी लगाउने रहर सबैमा हुन्छ । तर त्याे कला सबैमा हुँदैन । कहिलेकाही त अाफैले लगाएकाे मेहेन्दी साथीहरूका माझमा हात देखाउन पनि लाज मान्नुपर्ने अवस्था पनि अाउँछ । त्यसैले यहाँ हामीले सरल र सुन्दर डिजाइन जुन हामीले घरमै पनि लगाउन सक्छाैँ त्यस्ता केही मेहेन्दीका डिजाइन प्रस्तुत गरेका छाैँ। यसमध्य सबैभन्दा राम्राे छानेर तपार्इँ पनि यसपालिकाे साउनमा मेहेन्दी लगाउन सक्नुहुन्छ ।.
काठमाडाैँ । यस वर्षको साउन महिना शुरु भएको छ । यो महिना नेपाली हिन्दु चेलीका लागि विशेष महिनाको रूपमा पनि लिइन्छ । हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै पहिरन लगाएर एक खालको फेसनजस्तै देखिएको छ यो साउन महिना । सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको देखिन्छ । विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्छ रे भन्ने जनविश्वास पनि रहेकाे छ। अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पाइने लोभले यो फेसन छपिल्लाे केही समययता झन् बढ्दै गएको पाइन्छ ।
एकातिर धर्म संस्कृति होला भने अर्कोतिर यो फेसनजस्तै पनि बन्दै गएको छ । हरियो चुरासँग श्रीमानकाे स्वास्थ्यको के र कुन आधारमा सम्बन्ध छ भन्ने कुरा खासै जानकारी नभए पनि हरियाे पहेँलाे चुरा, पहिरन र मेहन्दी लगाउने गरेकाे नयाँ पुस्ताका युवतीहरू बताउँछन् ।
साउन महिना प्रकृतिक रूपले नै हरियो हुने भएकाले नारीहरूले यस्तै खालको रङको समायोजन गर्दा तादाम्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटिए पनि पछिल्लो समयमा यसको चलन बढ्दै गएको छ । अथवा यसले एउटा फेसनको रूपमा हामी बीचमा गतिलै रूपले आफ्नो उपस्थिति देखाएको छ । यो महिनालाई शिवजीको महिना भनेर पूजाआजा गरिन्छ । यो एउटा आस्था पनि हो । साेमबार बर्त बस्ने प्रचलन पनि छ । धार्मिक विश्वास एकातिर छ भने अर्काे तिर नयाँ परिबेश र नाैलाे शैली फेसन बन्दै गएकाे छ ।
पहिले पहिले गाउँघरमा तिउरी लगाउने चलन थियाे । बढ्दाे सहरीकरण र प्रविधि तथा भारतीय प्रभाबले मेहेन्दी लगाउने चलन पनि बढेकाे छ । साउनमा मात्रै हाेइन अन्य विभिन्न अबसरमा पनि मेहेन्दी लगाउने प्रचलन बढेकाे छ । अरेबिक तथा हिन्दु परम्पराले नेपालमा पनि बिस्तारै रवाफ जमाउँदै गएकाे छ । राम्राे र सुन्दर डिजाइनकाे मेहेन्दी लगाउने रहर सबैमा हुन्छ । तर त्याे कला सबैमा हुँदैन । कहिलेकाही त अाफैले लगाएकाे मेहेन्दी साथीहरूका माझमा हात देखाउन पनि लाज मान्नुपर्ने अवस्था पनि अाउँछ । त्यसैले यहाँ हामीले सरल र सुन्दर डिजाइन जुन हामीले घरमै पनि लगाउन सक्छाैँ त्यस्ता केही मेहेन्दीका डिजाइन प्रस्तुत गरेका छाैँ। यसमध्य सबैभन्दा राम्राे छानेर तपार्इँ पनि यसपालिकाे साउनमा मेहेन्दी लगाउन सक्नुहुन्छ ।