हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
बाढी पहिरोमा परी मृतकको संख्या ३६ पुग्यो, २४ जना बेपत्ता (अपडेट)
काठमाडौँ । अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार साँझको तथ्यांकअनुसार बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन र सुर्खेतमा १/१ जनाको ज्यान गएको छ । सुर्खेतमा ९, सिन्धुलीमा ४ तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र भोजपुरमा १/१ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ । मकवानपुरमा ४, काभ्रेमा २, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १/१ जना घाइते भएका छन् । स्थानीय अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।
मृतकको नामावली
- पर्सा निखील पटेल)
- भोजपुर :जनक वि.क. र जगत बहादुर राई
- रामेछाप: पदम कुमारी सुनुवार
- सिन्धुली: हेमकुमारी सुनुवार र कार्वन कपारी
- काभ्रेपलान्चोक: गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी
- ललितपुर:सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो,
सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो
- काठमाण्डौ: सर्मिला यादव, नितु यादव र कुन्दन यादव
- धादिङ्ग: अस्मिता तामाङ्ग, राज कुमार ठकुरी
- खोटाङ्ग : रेखा राई, रोमन राई र रोहन राई
- मकवानपुर : सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
- बारा : विक्कु यादव
- ईलाम: मानाहाङ्ग लावती
- झापा : ऐलिजा न्यौपाने
- ओखलढुङ्गा पासाङपुटी शेर्पा