आफू लडेर यसरी बच्चाको ज्यान बचाइन आमाले (भिडियो सहित)

एजेन्सी । केही दिनयता सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भइरहेको छ । उक्क्त भिडियोमा एक आमाले लड्दै गरेको आफ्नो बच्चाको ज्यान बचाएकी छिन् । सीसीटीभी क्यामरामा कैद भएको उक्त भिडियोको अहिले सर्वत्र चर्चा भइरहेको छ ।

कहाँको भिडियो हो ?

यो भिडियो कोलम्बियाको मेडिलिनको हो । सीसीटीभी क्यामरामा कैद भएको उक्त भिडियोमा एक जना बच्चा र महिला लिफ्टबाट ओर्लिन्छन् । पछिपछि एक पुरुष पनि आएको देखिन्छ । ती पुरुष काउन्टर तर्फ जान्छन् भने महिला फोनमा ब्यस्त देखिन्छिन् । त्यसैबेला त्यो बच्चा सिडीतर्फ जान्छ सन्तुलन गुमाएर लड्छ । उसैबखत ती महिलाले लड्दै गरेको त्यो बच्चालाई च्याप्पै समात्छिन् । बच्चा समात्दा उनी आफै लड्छिन् । पछि भित्रबाट अरु पनि आएको दृश्य देखिन्छ । ती महिलाले निकै सावधानी पूर्वक आफ्नो बच्चाको बचाउँछिन् ।

हेर्नुहाेस् भिडियाे

यो भिडियो अहिले फेसबुक, ट्वीटर, लगायत सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सबैले ती आमाको निकै प्रशंसा गरेका छन् । यद्यपी कतिपयले भने रेलिङ नराखिएको भन्दै आलोचना पनि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । धेरैले उक्त भिडियोमा एक आमाले मात्र यस्तो गर्न सक्छिन् भनेर उल्लेख गरेका छन् । समाचार अनुसार उक्त घटनापछि रेलिङसँगै त्यहाँ बक्स राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *