लाेक सेवा अायाेगकाे तयारीमा रहेकाहरुको लागि महत्वपूर्ण जानकारी

लोकसेवाको परीक्षा तयारी गरिरहेकाहरुको संख्या निकै ठूलो छ । एक पटक दुःख गरेपछि जीवनभर सजिलैसँग जीवनयापन गर्न पाइने भएकाले पनि युवाहरूकाे पहिलाे प्राथमिकतामा सरकारी जागिर नै पर्ने गरेकाे छ । सरकारी जागिर खाने सपना बोकेर लोकसेवा पढ्नेहरु नपढेर भन्दापनि पढ्न नजानेर असफल भइरहेको लोकसेवा अध्यापन गराउनेहरुको तर्क छ।  त्यसैले विभिन्न विज्ञहरूसँगकाे परामर्शमा सरकारी जागिरका लागि लाेक सेवा तथा शिक्षक सेवा वा अन्य कुनै सरकारी सेवामा जान चाहनेहरूका लागि कामलाग्ने महत्वपूर्ण टिप्सहरूका बारेमा हामीले यहाँ चर्चा गरेका छाैँ ।

तपाईंपनि लोकसेवा वा शिक्षक सेवाको परीक्षाको तयारी गरिरहनुभएको छ भने यी महत्वपूर्ण जानकारीहरू काम लाग्न सक्छ  । सर्वप्रथम तनमनलार्इ एकाग्र गर्नुहाेस् । भित्रि मनदेखि नै पढ्ने भावना जागृत गर्नुहाेस् । अाज यी कुराहरू सम्झन्छु वा गर्छु भन्ने प्रण गर्नुहाेस् अनि मात्रै सफल भइन्छ । अाउनुहाेस् शुरू गराैँ अाजैबाट

१. धैर्यता परीक्षार्थीमा हुनैपर्ने गुण हो । लोकसेवा/ शिक्षक सेवाको तयारी गर्ने विद्यार्थीलेपनि धैर्यतालाई विशेष जोड दिनुपर्छ। याेजना बनाएर मात्र पढ्नुपर्छ । आफू कुन विषय वा कुन विषय आफूलाई सजिलो लाग्छ अथवा गाह्रो लाग्छ भन्ने पहिचान गर्नुहाेस् । कमजोर भएका विषयहरुलाई बढी ध्यान दिनुहोस् । तर सजिलो विषयलाई पनि नपढ्ने गल्ती नगर्नुहोस् ।

२. एउटामात्र विषयलाई बढी जोड दिने वा केही विषयलाई मात्र जोड दिने गल्ती नगर्नुहोस् । यस्तो बानीले धेरै जना लोकसेवाको परीक्षामा चिप्लिएका छन् । खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ भने शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड दिनुपर्छ । तपाईंले कुन तहको तयारी गरिरहनुभएको छ, त्यही अनुसारले पढ्नुहोस् ।

३. लोकसेवाको परीक्षाको नियम अनुसार शाखा अधिकृतको लागि चौथो पत्र छान्न पाइन्छ । चौथो पेपर छान्दा अरुको बहकाउमा नलाग्नुहोस् । आफूलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुहोस्

४. आइक्युमा जोड दिनुहोस् । सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्छ । यसको अरु विकल्प छैन । खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ । पढेको कुरालाई नबिर्सिने गरी चित्रमा उतारेर वा केही कुरासँग जोडेर पढ्नुहोस् ।

५. धेरैको बानी बढ्ने तर लेखेर अभ्यास नगर्ने हुन्छ । त्यस्तो गल्ती नगर्नुहोस् । हरेक दिन २० मिनेट पढेर २० मिनेटमै एउटा प्रश्नको उत्तर लेख्ने बानी विकास गर्नुहोस् । सिलसिला मिलाएर लेख्ने बानी बसाल्नुहोस् । लोकसेवामा प्रतिश्पर्धा ठूलो हुन्छ । त्यसैले अक्षर सकेसम्म सफा बनाउने प्रयास गर्नुहोस् ।

६. मनमा तनाव राखेर पढ्नु हुँदैन । पढ्ने शैलीबारे ध्यान दिनुहोस् । जे गर्दा राम्रोसँग सम्झन सक्छुजस्तो लाग्छ त्यहि गर्नुहोस् । कतिको घोकेर पढ्ने बानी हुन्छ, कतिको कराएर पढ्ने बानी हुन्छ त कतिको शान्तसँग पढ्ने बानी हुन्छ ।

७. पत्रपत्रिकामा आउने विचारहरू दैनिक पढ्नुहोस् । समसामयिक घटनाका पछिल्ला अपडेटहरु लिनुहोस् ।कूटनीतिक तरिकाले उत्तर दिनुपर्छ । उदाहरणका लागि : सूचनाको हकका बारेमा लेख्न आयो तर कुन धारामा त्यो हक छ भन्ने ‘कन्फ्युजन’ भयो भने जान्ने भएर धारा उल्लेख गर्नु हुँदैन । त्यस्तो बेलामा व्याख्यामात्र गरेर छोड्नुपर्छ । आफ्नो कमजोरी कापीमा लुकाउनुपर्छ ।

८. आइक्यु भनेको ‘ट्रिक’ लगाउने कुरा हो । यसलाई अलि बढी जोड दिनुहोस् ।

९. किताब मात्रै पढ्ने मान्छे कहिल्यै पास हुँदैन । त्यसैले सिर्जनशील बन्नुपर्छ । सिर्जनशीलता भनेको आफूले जति अभ्यास गर्यो त्यसरी आउने पनि होइन, तर प्रयास गर्नुहोस् । धेरैलार्इ आफूभित्रको प्रतिभा थाहा हुँदैन ।

१०. आफूमाथि विश्वास गर्नुहोस्। म असफल हुन्छु भनेर कहिलेपनि नसोच्नुहोस् । उतीर्ण भएको कल्पना गर्नुहोस् । त्यसका लागि आफूले कहाँ मेहेनत पुगेको छैन भन्ने कुरा केलाउनुहोस् । धेरै होइन बुझेर पढ्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *