बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

संसारलाई स्तब्ध पार्ने एउटा तस्बिर
एजेन्सी । केही दिनयता सामाजिक सञ्जालमा संसारलाई स्तब्ध पार्ने एउटा तस्बिर निकै भाइरल भइरहेको छ । बच्चा बोकेका एक पुरुषको शब नदिमा तैरिरहेको त्यो तस्बिर एक पटक जो कोहीलाई पनि भाबुक बनाउँछ । २५ वर्षका ओस्कर रमिरेज र २३ महिनाकी भलेरियाको हो । अमेरिका जाने कोशिश गर्दा नदिमा डुबेर ती बाबुछोरीको मृत्यु भएको हो ।
एल साल्वाडोरका ओस्कर रमिरेज र उनकी छोरी भलेरिया अबैध बाटो भएर अमेरिका छिर्ने प्रयासमा थिए । बीबीसीको रिपोर्ट अनुसार सोही क्रममा रियोग्राण्डे नदिमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
ग्वाटेमाला, होंडुरस तथा साल्वाडोर लगायतका देशहरुबाट सबैभन्दा धेरै सुखद भविश्य खोज्दै बिभिन्न बाटो भएर अमेरिका जाने गरेका छन् । मध्यअमेरिकी देशहरुका नागरिक बेहत्तर जीन्दगीको खोजिमा यसैगरी जोखिमपूर्ण बाटोभएर अमेरिका जाँदा कयौँले ज्यान गुमाउने गरेका छन् ।