बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

संसदीय प्रक्रियाबाटै गुठी विधेयक फिर्ता लिन कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन माग गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संघीय संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्रीस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रियसभाबाट पनि फिर्ता लिन सरकारसँग माग गर्नुभएकाे हाे ।
सरकारले सो विधेयक फिर्ता लिएपनि गुठीयारहरुको मागलाई मनैदेखि स्वीकार गर्न नसकेको दावी गर्नुभयाे । सरकारले सडक र सदनको दवाव थेग्न नसकेपछि सो विधेयक फिर्ता लिन बाध्य भए पनि त्यसलाई मनैदेखि स्वीकार नगरेको सचेतक खाँडले बताउनुभयाे ।
खाँडले प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भनेपछि के सरकारले सो विधेयक गुठीयारहरुको मागलाई सम्बोधन गर्न फिर्ता लिएको हो ? भन्ने आशंका जन्माएको बताउनुभयाे ।