What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
जनआन्दोलनको झल्को दिने माइतीघरकाे गुठी खबरदारी सभा
What To Know
- काठमाडौँ । सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि सरोकारवालाहरूले काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा गरेका छन् । काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्।.
- आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणासमेत गरे । सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरुले बताए।.
काठमाडौँ । सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि सरोकारवालाहरूले काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा गरेका छन् । काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला तथा गुठीयारहरु माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन्।
जनआन्दोलनकै झल्काे दिनेगरी राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको थियाे । जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारा लगाएका थिए ।
आन्दोलनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणासमेत गरे । सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने प्रदर्शनकारीहरुले बताए।






