नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

जनतामा केही असन्तुष्टि छ भने सरकार छलफल गर्न तयार: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्माले सरकार सबैको कुरा सुन्न तयार रहेको र आवेग र उत्तेजनामा नआउन आग्रह गर्नुभएको छ । सिंहदवारमा अपरान्ह अयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सो आग्रह गर्नुभएको हो ।
प्रत्रकार सम्मेलमा प्रधानमन्त्रीले भन्नुभयो–यो सरकार जनताले चुनेको सरकार हो त्यस कारण जनतामा केही असन्तुष्टि छ भने सरकार छलफल गर्न तयार छ ।
उहाँले अगाडि भन्नुभयो–हामीले पटक पटक लडेर लोत्रतन्त्र ल्यायौं तर हामीलाई भट्काइ भट्काइ लोकतन्त्र टिक्न दिइएन । साथै प्रधानमन्त्रीले अगाडि भन्नुभयो –म राजनीतिक शक्तिलाई आग्रह गर्न चहान्छु आवेग उत्तेजना र भावनामा नबगौं ।
उहाँले सञ्चार लोकतन्त्रको पिलर भएको र त्यस काराण चौथो अङ्ग भनिएको भन्दै सञ्चार मध्यमहरूमा प्रयोग हुने भाषाले नेपाली समाजको मूल्य मान्यतालाई प्रतिनिधित्व गर्न नसकेको बताउनुभयो ।