लोकसेवाको आवेदन दिने म्याद थप(सूचनासहित)

काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि आवेदन दिने म्याद थप गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै म्याद थप गरेको जानकारी गराएको हो । आयोगको फारम भर्ने म्याद आज सकिँदैछ ।

आयोगले सर्भरमा चाप भई दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको, आयोगमा दरखास्त फाराम बुझाउन नसकिएको व्यहोरासहित निवेदन परेपछि मंगलबारको निर्णयले म्याद थप गरिएको जनाएको छ ।

अब असार १० सम्म दरखास्त दिन सकिनेछ भने दोव्वर दस्तुरमा असार १७ गतेसम्म दरखास्त दिन सकिनेछ ।
आयोगले स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपछि अलमलमा परेका युवाले सर्वोच्चले विज्ञापन नरोकेपछि फारम भर्ने क्रमलाई तीव्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *