गुठी विधेयकबारे माधव नेपालले गरे काठमाडाैँका सांसदसँग छुट्टै छलफल

काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा काठमाडौँ क्षेत्र नं २ का सांसद माधवकुमार नेपालले आज प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गर्नुभएको छ ।

सिंहदबारस्थित कृषि समितिका हलमा बसेको बैठकमा सांसदहरुले जनताको सांस्कृतिक भावनामाथि चोट पुगेको र विधेयकका कारण जनतामा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिनका लागि पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गर्नुभएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

विधेयक स्थगन वा संशोधन गर्दा मात्रै हुने खालको नभएकाले हाललाई फिर्ता लिन र सरोकारवालासँग व्यापक छलफलपछि मात्रै अघि बढाउन सांसदहरुले जोड दिनुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *