What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

गुठी विधेयकविरुद्धको आन्दोलनलाई कांग्रेसले समर्थन गर्ने
What To Know
- काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्दोलनको कांग्रेसले समर्थन गर्ने बताउनुभयाे ।.
- उहाँले तत्काल विधेयक फिर्ता लिन सरकारसँग मागसमेत गर्नुभयाे। उहाँले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गर्नुभयाे।.
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्दोलनको कांग्रेसले समर्थन गर्ने बताउनुभयाे ।
उहाँले तत्काल विधेयक फिर्ता लिन सरकारसँग मागसमेत गर्नुभयाे। उहाँले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गर्नुभयाे।
गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सृजना हुन सक्नेतर्फ समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनेतर्फ पनि उहाँले सचेत गराउनुभयाे ।
प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ भन्ने ‘र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिदै आएको भन्दै उहाँले ‘कुटे जस्तो र रोए जस्तो ’सरकारको दोहोरो चरित्र कदापी स्वीकार्य नहुने भन्दै विधेयक फिर्ता लिन माग गर्नुभयाे।
सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए ।