बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रदेश ५ सरकारले सार्वजनिक गर्यो ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट
रूपन्देही । प्रदेश ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नुभएकाे बजेटमा चालु वर्षका धेरै कार्यक्रमलाई निरन्तरता दिइएकाे छ ।
बजेटको ५१ प्रतिशत अर्थात् १८ अर्ब ५७ करोड ६४ लाख रुपैयाँ पुँजीगततर्फ छ । स्थानीय तहमा जाने अनुदानसहित चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख रकम विनियोजन गरिएको छ । सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५९ करोड ४० लाख रकम संकलन गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । चालु वर्षमा आन्तरिक राजस्वबाट झन्डै ३ अर्ब मात्रै संकलन भएको छ । त्यसबाहेक ५ अर्ब चालु वर्षबाट बचत हुने रकम छ । प्रदेश ५ का लागि संघीय सरकारले समानीकरण वित्तीय अनुदानमा ७ अर्ब ५४ करोड १ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र ससर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
सरकारले चालु वर्षबाट सुरु भएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई सबै गाउँपालिकामा विस्तार गर्ने भएको छ । यसअघि ७३ गाउँपालिकामध्ये ३५ पालिकामा कार्यक्रम सञ्चालनमा थियो । त्यसका लागि सरकारले ४१ करोड रकम विनियोजन गरेको छ । यो कार्यक्रमले प्रदेशमा रहेको गरिबीको दर घटाउने सरकारको लक्ष्य छ ।