बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
काठमाडौं । सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने कार्यसूची रहेको छ ।
संघले छुट्याएको वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँड र प्रदेशको आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले एकै दिन बजेट ल्याउन लागेका हुन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब अर्बको बजेट ल्याउँदैछ ।
त्यस्तै प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् । सबै प्रदेशले कृष्ति, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन् ।
साना आयोजनाभन्दा पनि ठूला आयोजना बजेटको प्राथमिकतामा परेका छन् । केन्द्र सरकाले जेठ १५ गते आर्थिक वर्ष ०७६/७७ को बजेट सार्वजनिक गरेको थियो । बजेटमाथि संघीय संसदमा छलफल जारी छ ।