बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

शिवालयहरूमा भक्तजनको भीड
भक्तपुर । साउनको पहिलो सोमबार आज भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको हो । भक्तपुर, काठमाडाैँ, ललितपुर र काभ्रेलगायतका विभिन्न जिल्लाबाट आउने भक्तजनको बिहान ३ बजेदेखि नै घुइँचो लागेको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा मन्दिर प्राङ्गणमा आजदेखि ३७ दिने श्रावणी मेला सञ्चालन भइरहेको समितिका सचिव एवं प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले बताउनुभयो ।
मन्दिर दर्शनका लागि लाइन सहज बनाउन कुपन प्रणालीको व्यवस्थाका स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्था गरिएको छ । त्यसैगरी आशापुरी महादेव मन्दिर र दत्तात्रय मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।