प्रदेश ३ का दश जिल्लामा पार्टी एकता सम्पन्न

काठमाडाैँ । तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) बीच २०७५ साल जेठ ३ गत पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पार्टी एकता भएको एक वर्ष बितिसकेको छ । नेकपाले तीन महीनाभित्र मातहातका कमिटी एकता हुने भनिएको उद्घोषण गरेको थियो । केन्द्रीय कमिटी र प्रदेश कमिटीले पूर्णता पाएको छ । जिल्ला कमिटीले पूर्णता पाउने क्रममा छन् ।

प्रदेश नम्बर ३ मा भएका १३ मध्ये आठ जिल्ला साविक एमाले र पाँच जिल्ला साविकको माओवादीलाई अध्यक्ष हुने गरी भाग लगाइएको थियो । त्योअनुसार जिल्लास्तरीय एकता प्रक्रिया १० जिल्लामा सकिएको छ । “१३ जिल्लामध्ये १० जिल्लाको एकता प्रक्रिया सम्पन्न भयो, चितवन, काभ्रे र ललितपुर बाँकी छ, त्यहाँ पूर्वमाओवादीको नेतृत्व र सदस्यता विवादका कारण केही ढिलाइ भएको, अब छिटो त्यो कार्य पूरा हुन्छ”, नेता पोखरेलले भन्नुभयो ।

नेकपाको मातहातका कमिटीलाई एकता, पार्टी सदस्यता एकीकरण, पार्टीका भौतिक सम्पत्तिको लेखाजोखा गरी अभिलेखीकरण गर्ने, कार्यालयको व्यवस्थापन र स्थानीय तहसँग छलफल गरी पार्टी नेतृत्व स्थापित गर्ने, स्थानीय तह दल गठन गर्ने ९केन्द्रमा संसदीय दलजस्तै० बनाउने प्रदेश ३ को तयारी छ ।

वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन जिल्ला कमिटीका अध्यक्ष र उपाध्यक्ष छिनोफानो गरेको थियो । सोहीअनुसार एकता गरेर सो प्रदेशले पार्टी स्थापना दिवस भव्यरुपमा मनायो । पुष्पलालको जन्मस्थान रामेछापको भँगेरीमा चार हजार मानिसको हाराहारीमा जन्मजयन्ती मनाएर ५२ रोपनी जग्गालाई अधिकरण गरेर आगामी दिनमा भँगेरीमा कम्युनिष्ट पार्टीको खोज अध्ययन केन्द्रको रुपमा विकास गर्ने नेता पोखरेलले जानकारी दिनुभयो । रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *