काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
पेट्रोलको मूल्य घट्यो
काठमाडौँ । आयल निगमले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । भारतीय आयल निगम(आईओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १ रुपैयाँ घटेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभयाे ।
नयाँ मूल्य समायोजन पश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय १० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले डिजेल/मट्टितेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।
आयल निगम नोक्सानमा गएपछि २०७१ असोजमा स्वचालित प्रणाली लागू गरेको थियो । सोही अनुसार निगमले समायोजन गर्दै आएको दाबी छ ।