हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
चेक बाउन्स मुद्दामा मोडल खुस्बु ओली दाेषी ठहर
काठमाडाैँ । जिल्ला अदालत, काठमाडौंले मोडल खुस्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक बापतको रकम साँवा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको हो ।
ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले खुस्वुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।