हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
सेनाले गर्यो तानसेन बजारको बृहत सरसफाई
सुनिल कार्की
पाल्पा । नेपाली सेनाको गोरखदल गणले सदरमुकाम तानसेन बजारको बृहत सरसफाई गरेको छ । पछिल्लो समय तानसेन बजार फोहरका कारण कुरुप भन्दै भएको जनगुनासो बढेपछि सेनाले सरसफाइ गरेको हो । जिल्लामा पर्यटकको आकर्षणमा कमी आएको सरोकारवालको चर्को गुनासोपछि गोरखदल गणले बृहत तानसेनको सरसफाई गरेको जनाएको छ ।
श्री गोरखदल गणको आयोजनामा भएको सरसफाई कार्यक्रममा जनप्रतिनिधि, सुरक्षकर्र्मी, विद्यार्थी र स्थानीयहरुको सक्रिय सहभागीता रहेको थियो । सरसफाई कार्यक्रममा तानसेन नगरपालिकाको सरसफाई शाखा, न्यू होराईजन मावि, बेथलबोडिङ्ग स्कुल, भुसालडाँडा मावि, पाल्पा आवशीय माविका विद्यार्थीहरु पनि सरसफाईमा सहभागी भएका थिए । तानसेनको सित्तलपाटीबाट सुरु भएको सरसफाई कार्यक्रममा सेनाका मात्रै २ सय बढी सकलदर्जाको सहभागिता रहेको थियो ।
गणले १४० औं वार्षिक उत्सवको अवसरमा सुन्दर नगरी तानसेनलाई अझै धेरै सुन्दर बनाउन कार्यक्रमको आयोजना गरेको गणका गणपति सुरज थापाले बताउनुभयो । गणपति थापाले भन्नुभयो, “सेना गोली गठ्ठा र हतियारमा मात्र सिमित नभएर आवश्यक परेको खण्डमा सामाजिक हित र परोपकारी काममा सक्रिय भुमिका निर्वाह गर्न सक्छ भन्ने मनोभावनाको विकास गर्न यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिएका हौँ ।”
गणले आयोजना गरेको सरसफाई कार्यक्रममा तानसेन नगरपालिका मेयर अशोककुमार शाही, उपमेयर लक्ष्मीदेवि पाठक, कार्यपालिका सदस्य दिपक विश्वकर्मा ,गणका गणपति सुरज थापा ,सेनानी मनोज डंगोल, प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, सशस्त्र प्रहरी गुल्मका प्रमुख ईश्वरी खनाल, सरसफाई शाखा प्रमुख शंकर भण्डारी लगायतले तानसेनको शित्तलपाटीमा सामुहीक सरसफाईमा सरिक भई कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सरसफाई कार्यक्रम तानसेनको पर्यटकीय क्षेत्र पाल्पा दरवार परिसर, शित्तलपाटी, बसन्तपुर, नारायणस्थान, भुसालडाँडा, बसपार्क, बतासेडाँडा बर्तुङ्ग लगायतका क्षेत्रमा सरसफाई गरीएको गणका सेनानी मनोज डंगोलले बताउनुभयो । गणले जनतासँग प्रत्यक्ष जोडिने गरी, विभिन्न गाउँपालिकाहरुमा स्वास्थ्य शिविर, बालबालिकाहरुको लागि आत्मरक्षा तालिम, विभिन्न विपद व्यवस्थापन, जनचेतनाको साथै जनताको मागको आधारमा सेवामूलक काम गर्दै आएको छ । गणले सर्वसाधारण जनताको लागि दरवार र टुँडिखेलमा शुद्ध खानेपानीको व्यवस्था समेत गरेको छ ।