संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा

काठमाडौं । राष्ट्रिय सभा बैठकमा तीन तहबीचको समन्वयसम्बन्धी प्रतिवेदन पेश गरिएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका अध्यक्ष दिलकुमारी रावल थापा (पार्वति) ले आइतवार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको उक्त प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्दै अध्यक्ष रावलले संघ, प्रदेश र स्थानीय तहबीचको कानून निर्माण, स्रोत सङ्कलन, वितरण र आयोजना निर्माणका क्रममा समन्वयमा कठिनाई आइरहेको उल्लेख गर्दै तीन तहका सरकारबीच छलफल गराई व्यावहारिक सुझावका आधारमा कानून निर्माण, स्रोत विनियोजन, योजना तर्जुमा लगायतका विषयमा प्रतिवेदन तयार पारिएको बताउनुभयो ।

यसैगरी राष्ट्रिय सभा बैठकमा संघ प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रधानमन्त्री के.पी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *