मिडिया काउन्सिल विधेयक संवैधानिक प्रावधान विपरित छ : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष  नेपाली कांग्रेसले मिडिया काउन्सिल लगायतका तीन वटा विधेयक फिर्ता लिन सरकारसँग औपचारिक आग्रह गरेको छ । संवैधानिक प्रावधानको बर्खिलाप हुनेगरी ल्याइएका ती विधेयक फिर्ता नलिई संसद्‌मा प्रवेश गराइए कांग्रेसले सदन र सडकमा समेत त्यसविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

मिडिया काउन्सिलका अतिरिक्त राष्ट्रिय मानवअधिकार आयोग ऐन र सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन कांग्रेसले आग्रह गरेको हो ।

कांग्रेस संसदीय दलको बुधबारको बैठकले उक्त विधेयकले संविधानको प्रावधान र भावनालाई ठेस पुर्‍याउने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने आशय बोकेको कांग्रेसको ठहर छ । तीनवटै विधेयक संसद्‌मा प्रवेश भइसकेका छैनन् । मन्त्रिपरिषद्‌बाट पारित भई संघीय संसद् सचिवालयमा दर्ता भएका छन् । विधेयकउपर संसदीय समितिमा छलफल सुरु हुने प्रक्रियामा छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *