सिंहदरवार वृत्तद्धार सुर्तीजन्य पदार्थको नियन्त्रण अभियान २०७६ को सुभारम्भ

वैशाख २९, काठमाण्डौं ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल तथा महानगरीय प्रहरी वृत्त सिंहदरवारको संयुक्त आयोजनामा सुर्तीजन्य पदार्थको नियन्त्रण सम्बन्धी अभियान २०७६ को सुभारम्भ गरिएको छ । परोपकार तथा स्त्रीरोग अस्पतालमा एक कार्यक्रमको आयोजना गरि अस्पतालकी निमित्त निर्देशक प्राध्यापक डा. कल्पना सुवेदीले गमलामा जल सेचन गरि अभियानको सुरुवात गर्नुभएको हो ।

अभियानको अवसरमा निकालिएको जनचेतनामुलक ्र्यालीमा जनप्रतिनिधि, स्थानीय, प्रहरी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगायत गरि १५० बढीको सहभागी रहेको थियो । ्र्यालीमा अस्पताल परिसरबाट सुरु भई थापाथली चोक हुँदै रोजवर्ड कलेजको बाटो हँंदै पुन अस्पताल परिसरमा पुगी सभामा परिणत भएको थियो ।

कार्यक्रममा काठमाण्र्डौं महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारको अध्यक्षतामा आयोजित सभामा थापाथली विकास समितिका अध्यक्ष विश्वम्भर मान श्रेष्ठ, सामुदायिक सेवा केन्द्र बागबजारका अध्यक्ष विपेन्द्र खड्गी र महानगरीय प्रहरी वृत्त सिंहदरवारका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक काजीकुमार आचार्य लगायतका विशिष्ट ब्यक्तिहरुले धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा असर पुराउनुका साथै यसको पूर्ण रुपमा निषेधको लागी सबै तहबाट सहयोग हुनुपर्ने धारणा राख्नुभएको थियो ।


कार्यक्रमका प्रमुख अतिथी निमित्त निर्देशक कल्पना सुवेदीले अस्पताल परिसरमा कनै पनि अबस्थामा धुम्रपान तथा सुर्तीसेवन गर्न नदिईने बताउनुभयो ।कार्यक्रमका अध्यक्ष तथा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकारले स्थानीय प्रतिनिधिले गर्ने यस्ता खालका कार्यक्रम प्रहरी र अस्पतालको अग्रसरतामा भएकोमा प्रशंसा गर्दै स्थानीय जनप्रतिनिधीको हैसियतले यस अभियानको पूर्णरुपले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य अस्पतालकी प्रशासन प्रमुख रेनु थापाले राख्नु भएको थियो भने महानगरीय वृत्त सिंहदरवारका प्रहरी निरीक्षक भोजराज पाण्डेयले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *