डिभी चिठ्ठाकाे नतिजा मंगलबार सार्वजनिक हुने, यसरी हेर्नुहास् रिजल्ट

काठमाडौं । सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा डिभीको नतिजा आज सार्वजनिक हुने भएको छ । dvlottery.state.gov का अनुसार मंगलबार राति नेपाली समयअनुसार  पौने १० बजे नतिजा सार्वजनिक हुनेछ ।

अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम अन्तर्गत सन् २०१८, अक्टोवर ३ देखि नोभेम्भर ६ सम्म खोलिएको डिभी चिठ्ठा भर्ने व्यक्तिले मंगलबार रातिदेखि अाफ्नाे नतिजा हेर्न सक्नेछन् ।

नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *