नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कहाँ बन्ला प्रदेश १ काे स्थायी राजधानी ? दर्ता भए ४ वटा प्रस्ताव
विराटनगर । प्रदेश १ को स्थायी राजधानीका लागि ४ वटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभा सचिवालयमा आइतबार स्थायी राजधानीका लागि विराटनगरको पक्षमा २ वटा र धनकुटाको पक्षमा २ वटा प्रस्ताव दर्ता भएका छन् ।
सत्तारुढ दल नेकपाले स्थायी राजधानी विराटनगर र कार्यपालिका, व्यवस्थापिका लगायतका संरचनाहरू बृहत् विराट विकास क्षेत्र अन्तर्गतका विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहने गरी प्रस्ताब लगेका छ । उक्त प्रस्ताबमा नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी प्रस्तावक र सांसदहरू निलम बस्नेत, राजकुमार ओझा, विजयकुमार विश्वास, सावित्रीकुमारी रेग्मी र यशोधा अधिकारी समर्थक छन्।
यसैगरी सत्तारुढ दल नेकपाकै धनकुटाका सांसद निरन राई प्रस्तावक रहेको र इन्द्रमणि पराजुली र कुसुम श्रेष्ठ समर्थक रहेको अर्को प्रस्ताव समेत दर्ता भएको छ । तीनै जना धनकुटाका सत्तारुढ दलका सांसदले धनकुटालाई नै स्थायी राजधानी घोषणा गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणा गर्न माग गदै प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्की प्रस्तावक र कांग्रेसकै सांसद शिवनारायण गनगाई र सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव समर्थक रहेका प्रस्ताव दर्ता भएको छ ।
कांग्रेसकै धनकुटाकी सांसद लीला सुब्बा प्रस्तावक र काँग्रेस ताप्लेजुङका सांसद प्रतापप्रकाश हाङगाम र सङ्घीय समाजवादी फोरम नेपालका सांसद रामचन्द्र लिम्बुको समर्थनमा धनकुटा नै राजधानी हुनु पर्ने माग सहितको प्रस्ताव दर्ता भएको छ ।
प्रदेश सभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरण दुवैको प्रस्ताव आहृान गरेको थियो । तर सत्तारुढ दलभित्र नै नामको विवाद निकै चर्केपछि हाललाई थाती राख्ने निर्णय नेकपाले गरेको थियो ।