सबै इन्धनकाे मूल्य वृद्धि, यस्ताे छ नयाँ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।

भारतीय आयल निगमले पठाएको मूल्यसूचीअनुसार सबै इन्धन (पेट्रोल, डिजेल, मटितेल र ग्यास)मा मूल्य बढाएकाे  निगमका प्रवक्ता वीरेन्द्र गोइतले  जानकारी दिनुभयाे ।

मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेलको ९८ रुपैयाँ कायम गरेको बताए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

निगम स्रोतका अनुसार मूल्य समायोजनपश्चात् निगमको पाक्षिक नाफा करिब ७ करोड रुपैयाँ छ।  सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो। स्वचालित मूल्यअनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ। तर, स्वचालित मूल्य पूर्ण रुपमा कार्यान्वयन भएको थिएन। निगमले झण्डै तीन महिनापश्चात् मूल्य समायोजन गरेको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *