बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

तत्काल वंशजका आधारमा नागरिकता नदिन सर्वाेच्चकाे अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकलाई तत्काल वंशजका आधारमा नागरिकता नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो । यस्तै सो निर्णय यथास्थितिमा राख्न र वैशाख ३ गते छलफलका लागि उपस्थित हुन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको छ।
अधिवक्ता बालकृष्ण न्यौपानेले विद्यमान कानूनअनुसार जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानूनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई यस्तो आदेश दिएको हो ।
गृह मन्त्रालयले १९ चैतमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । लगतै जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले वंशजका आधारमा नागरिकता पाउन थालेका थिए ।