आइपीएलमा दिल्लीको तेस्रो जीत, बैंगलोर छैटौं खेलमा पनि पराजित

आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गरेको छ । १ सय ५० रनको लक्ष्य दिल्लीले ७ बल अगावै ६ विकेट गुमाएर पुरा ग¥यो ।

दिल्लीका लागि कप्तान श्रेयस लेयरले उत्कृष्ट पारी खेले । उनले ६७ रनको योगदान दिए । युवा ब्याट्सम्यान तथा ओपनर पृथ्वी शाले २८ तथा कोलिन ईनग्रामले २२ रनको योगदान गरे । दिल्लीका अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन ।

यसअघि बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाए । यस्तै मोइन अलीले ३२ तथा आकाश दीप नाथले १९ रन बनाए । एबी डी भिलियर्स १७ रनमा आउट हुँदा मार्कुस स्टोइनिसले १५ रन बनाए ।

बैंगलोरलाई सस्तैमा समेट्न दिल्लीका कागीसो राबडाले २१ रन खर्चिएर ४ विकेट लिए । यस्तै क्रिस मोरिसले २ विकेट झारे ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४६ रन खर्चिएर १ विकेट लिए । बैंगलोरविरुद्ध १ विकेट लिएसंगै सन्दीपले टी– ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरेका छन ।

आजको जीतसँगै दिल्लीले ६ खेलबाट ६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । बैंगलोर अझै पनि जीत बिहिन अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *