बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

हुरी प्रभाबित क्षेत्रमा राहात बोकेर सरकार भन्दा पहिला धुर्मुस सुन्तली
काठमाडौँ । बहुचर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुस र सुन्तलीले बाराका हावाहुरी प्रभाबित परिवारहरुका लागि राहात सामाग्री बितरण गर्नुभएको छ ।
आइतबार साँझ आएको बिनासकारी हावाहुरीबाट प्रभाबित भएका बाराका ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउन्डेसन मार्फत चामल, त्रिपाल र चाउचाउ लगायतका सामाग्री बितरण गरेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिनुभयो । फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा उक्त राहत सामाग्री बितरण गरेको अध्यक्ष धुर्मुसले बताउनुभयो ।
असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।