बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पत्रकार कुटपिटको घटनाप्रति तानसेन नगरपालिकाद्धार ध्यानाकर्षण
सुनिल कार्की ,चैत्र १६
तानसेन ।
समचार संकलनको क्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल र सदस्य विजय बौडेल माथि भएको कुटपिटको घटनाप्रति तानसेन नगरपालिकाले खेद प्रकट गरेको छ ।
तानसेन नगरपालिकाले गरेको सडक विस्तारको निर्णयको विरोधमा धर्नामा रहेका आन्दोलनकारीले पत्रकार महासंघ पाल्पाका अध्यक्ष अर्याल र शाखा सदस्य बौडेलमाथि निर्मम कुटपिट गरेको घटनाप्रति नगरपालिकाको ध्यानाकर्षण भएको तानसेन नगरपालिकाकाले जनाएको छ ।
विना कुनै स्वार्थ समचार संकलन गर्न नगरपालिका परिसरमा पुगेका पत्रकारप्रति कुटपिटसँगै दुब्र्यवहार गर्नु निन्दनिय रहेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले हस्ताक्षर गर्नुभएको पेस विज्ञप्तीमा उल्लेख छ । लोकतन्त्रमा विरोधका स्वर निकाल्न पाईने तर पाखुरा र बलजप्तीको बाहानामा अबका दिनमा यस्ता गतिविधि नगर्न नगर सरकारले आन्दोलनकारीलाई आग्रह गरेको छ ।
शुक्रबार सडक विस्तारको विरोधमा तानसेन नगरपालिका अगाडी धर्नामा रहेका आन्दोलनकारीले पत्रकार महासंघ पाल्पाका शाखा अध्यक्ष राजेश कुमार अर्याल र सदस्य बौडेले माथि कुटपिट गर्नुका साथै रिपोटिङगमा गएका अन्य पत्रकारलाई दुब्र्यवहार गरेका थिए ।