बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रदेशसभा विषयगत समितिको निर्वाचन चैत २२ गते हुने
विराटनगर । प्रदेश नं १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१० ९ख० र नियम ९५ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले सभामा पेश गर्नुभएको थियो ।
यसअघि आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य राजन राईले वर्डफ्लुका कारण क्षति व्यहोर्ने किसानलाई राहत उलब्ध गराउने सम्बन्धी नियम प्रदेश सरकारले बनाउनुपर्ने माग गर्नुभयो ।
प्रदेशसभाअन्तर्गका सबै विषयगत समितिको यही चैत २२ गते निर्वाचन हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । उहाँले निर्वाचनका लागि प्रदेशसभा सचिवालयका सचिव अम्बिका चौलार्गाइलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ भने निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गरिने जानकारी दिनुभयो ।
प्रदेशसभाअन्तर्गत न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति छन् ।