What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
नेपालकै कान्छी उपमेयर शिवकुमारी राष्ट्रिय विकास परिषदको सदस्य नियुक्त
What To Know
- नेपाल सरकारको मन्त्रिपरिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य संचालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम चौधरी (थारु) लाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा हस्तक्षरित पत्रमा उल्लेख छ ।.
- आगामी आर्थिक वर्ष २०७६–७७ देखि कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको पन्ध्रौं योजना २०७५–७६ देखि २०८०–८१ को राष्ट्रिय विकास परिषदमा छलफल गरी मार्ग तथा पृष्ठपोषण प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषदको निर्णयले थारुलाई राष्ट्रिय विकास परिषद २०७५ को सदस्यमा नियुक्त गरिएको बताइएको छ ।.
कपिलवस्तु । नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छिन् ।
नेपाल सरकारको मन्त्रिपरिषदको चैत ११ गतेको निर्णयानुसार चौधरीलाई राष्ट्रिय बिवकास परिषदको सदस्यमा नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य संचालन) आदेश, २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम चौधरी (थारु) लाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्वारा हस्तक्षरित पत्रमा उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०७६–७७ देखि कार्यान्वयनमा ल्याउने गरी आयोगबाट तयार गरिएको पन्ध्रौं योजना २०७५–७६ देखि २०८०–८१ को राष्ट्रिय विकास परिषदमा छलफल गरी मार्ग तथा पृष्ठपोषण प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषदको निर्णयले थारुलाई राष्ट्रिय विकास परिषद २०७५ को सदस्यमा नियुक्त गरिएको बताइएको छ ।
थारु कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर हुन् ।