टिकटकमा चर्चित लोक गीत ‘औँठी बेरुवाको’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । टिकटकमा भाइरल भइरहेको लोक तथा दोहोरी गीत ‘औँठी बेरुवा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र गायिका सम्झना भण्डारीको स्वर रहेको औँठी बेरुवाको बोलको गीत बुधबार पृथ्वी इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेत्र अर्यालको शब्द रचना रहेको गीतमा संगीत संयोजन गायक सेन्चुरीले नै गरेका छन् ।

दरबार संग्राहलय परिसरमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा गायिका सम्झना भण्डारी र ओबी रायमाझीले मुख्य भूमिकामा अभिनय गरेका छन् । शिव बिकेले निर्देशन गरेको भिडियोको छायाङ्कन रामेश्वर कार्की र सम्पादन बिकास ज्ञवालीले गरेका हुन् ।

भिडियो सार्वजनिक हुनुपूर्व नै टिकटकमा निकै चर्चित बनेको गीतमा प्रयोग गरिएको मौलिक शब्दले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो समय लोक संगीतमा अभ्यासमा आएको कोरस डान्सले भिडियो अझ सुन्दर बनाएको छ ।

हेर्नुस् पूरा भिडियो – 

Leave a Reply

Your email address will not be published. Required fields are marked *