गोरखदल गणद्धारा दुई हजार लि क्षमताको पानि ट्याङकी निर्माण

सुनिल कार्की चैत्र १२ ।
पाल्पा घुम्न आउँद चरम खानेपानिको समस्या भोग्न बाध्य पर्यटको समस्या समधान गरिएको छ । नेपाली सेनाको पाल्पा स्थित गोरखदल गणले पाल्पा दरबार संग्रालय नजिक ठुलो क्षमताको खानेपानि ट्याङकी निर्माण गरेसँगै मिनिरल बोतलको महङगो पानि किनेर पिउनुपर्ने बाध्यता हटेको हो ।


पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्ाित गरि दुई हजार लिटर क्षमताको खानेपानि ट्याङकीको निर्माण नेपाली सेनाले सम्पन्न गरेको छ । विगत देखि नै खानेपानिको समस्या भोग्न बाध्य सदरमुकाम तानसेनबासी र पर्यटकलाई मध्यनजर गर्दै नेपाली सेनाले खानेपानिको ट्याङकी निर्माण गरेको हो ।

मङ्गलबार एक कार्यक्रमको बिच उक्त खानेपानि ट्याङकीको गणका गणपति सुरज थापाले उद्घाटन गर्नुभएको छ । गणपति थापाले शुद्ध खानेपानि ट्याङकीको उद्घाटन गर्दै ट्याङकी निर्माणले सेना र नागरिक बिचको सम्बन्धलाई अझै सुमधुर बनाउ र पाल्पा घुम्न आउने पर्यटकलाई फाईदा पुग्ने बताउनुभयो ।

ट्याङकी निर्माण गोरखदलक गणका गणपति र सकलादर्जाको अथक प्रायसमा करिब २ महिना लगाएर सम्पन्न भएको छ । तत्कालि पाल्पाका तैनाथ वाला प्रताप शम्शेर जबराको पालामा बनेको कलधारालाई जीर्णउद्धार गरी पर्यटक र सर्वसाधारणलाई पिउने पानिको सहज व्यवास्था भएसँगै स्थानिय हर्षित भकएका छन ।

सेनाले तानसेन स्थित टुडिखेलमा पनि एक वर्ष अघि नै यस्तै प्रकारको खानेपानि ट्याङकीको निर्माण सम्पन्न गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *