बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

साफ महिला च्याम्पियनसिप : उपाधि भारतलाई, सावित्राकाे गाेल सान्त्वना मात्रै
मोरङ । विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि भारतले हात पार्न सफल भएको छ । फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौं उपाधि जितेको हो । यसअघि भएका चारवटै संस्करणमा भारत च्याम्पियन बनेको थियो । नेपालको उपाधि अभियानमा भारत सँधै बाधक बन्दै आएको थियो ।
घरेलु मैदान विराटनगरमा भएको यो संस्करणमा पनि नेपालले नयाँ इतिहास रच्न सकेन । सुरुदेखि नै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर जुराउन सकेन ।
खेलमा भारतले पहिलो अग्रता लियो । २६ औं मिनेटमा हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रीकिकलाई डालिमा छिब्बरले गोल गरेकी थिइन् ।
एक गोलले पछि परेको ६ मिनेट पछि नै नेपाल खेलमा फर्किएको थियो । खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३२ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई फर्काउन सफल भइन् ।
सावित्राले एउटा राम्रो मौका पाएकी थिइन् । तर भारतीय गोलकिपरको उत्कृष्ट बचाउ गरेपछि नेपालले अग्रता लिने मौका गुमायो ।
खेलको ६२ औं मिनेटमा डिफेन्सकै तालमेलको अभावको मौकामा सन्ध्या रंगनाथनको पासमा ग्रेस दाङमेईले वन भर्सेस वनमा नेपाली गोलकिपरलाई बिट गदै २–१ को अग्रता दिलाइन् । ७८औं मिनेटमा भारतले अर्को गोल गरेको थियो । यस पटक भारतका लागि अन्जु तामाङले गोल गरेकी थिइन् ।