तीन ओटै सरकारकाबीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढेको छ : मन्त्री बस्नेत

कौरव खत्री
बागलुङ । गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले तीन सरकारकाबीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढिरहेको बताए । बुधवार बागलुङको गलकोट नगरपालिका ७ मल्ममा रहेको घुम्टे युवा परिवारको ३४ औं वार्षिकोत्सव तथा परम्परागत होली मेलाको समापन गदै मन्त्री बस्नेत यस्तो बताए हुन ।

साथै मन्त्री बस्नेतले एउटा शासन व्यवस्थाको अन्त्यपछि आएको संघीयताबाटै तिन तहको व्यवस्था भएकोले संघीयताले ल्याएको नँया चिज नै प्रदेश सरकार भएको बताए । साथै मन्त्री बस्नेतले भने तिन तहका बीचमा प्रदेश सरकारले निति तथा कार्यक्रमहरु ल्याएको बताउदै देशमा तिन तहका सरकार रहेकोले देश विकासमा सबै सरकारहरु अगाडी बढेको बताए ।

साथै उनले भने गाँउको विकास गर्न संघीयता आएको बताउदै यस क्षेत्रका महत्वपूर्ण सडकहरुको स्तर उन्नतिका निम्ति प्रदेश सरकारले सहयोग गर्ने बताउदै उनले भने कला र संस्कृतिलाई जोगाउनु पर्नेमा जोड दिदै यस्ता कला संस्कृति हाम्रा सम्पत्ति हुन भन्दै यिनीहरुका माध्यमबाट हाम्रो जीवनमा सुधार गरि आर्थिक विकास गर्न समृद्ध ल्याउन सकिने बताउदै मल्ल भनेको राष्ट्रिय स्तरका कलाकारहरु जन्माएर आफ्नो ठाँउलाई राष्ट्रिय स्तरमा चिनाएको बताए ।

साथै उनले भने क्लव हरेक हिसावले परिपक्क भएकोले सामाजिक रुपान्तरण र परिवर्तनका निम्ति घुम्टे युवा परिवारले महत्वपूर्ण भूमिका खेलेको बताउदै क्लवको सभाहल निर्माणका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए

साथै सोही अवसरमा प्रदेश सांसद चन्द्र बुढा सागरले यँहाका कला संस्कृतिको जर्गेना गदै घुम्टे लगायतका गलकोट क्षेत्रमा प्रचुर संम्भावना बोकेका पर्यटन क्षेत्रको विकासका लागि आफू लागि परेको बताए ।

होली पर्वका अवसरमा गत चैत ३ गतेदेखि शुरु गरिएको खुल्ला भलिवल खेल तर्फ हिजो अर्थात बुधवार सम्पन्न भएको भलिवल खेलमा सिद्ध भैरवस्थान इलेक्टोनिक्स शर्प गनपा ५ हरिचौर बाग्लुङ्गले नगद रु. ५० हजार कप मेडल र सम्मान पत्र प्रथम पुरस्कार हात पारेको छ भने यस्तै घुम्टे युवा परिवार आयोजक समूह (ए) गलकोट नगरपालिका ७ मल्ल बाग्लुङ्गले नगद रु.३० हजार,कप मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।

यस्तै भलिवलको सान्त्वना तर्फ जनहित कला केन्द्र गनपा ७ बाग्लुङ्ग र सुरेश फेस हाउस गनपा ३ बाग्लुङ्गलाई प्रतिसमूहलाई ११ हजारका दरले पुरस्कृत गरिएको थियो ।

यस्तै सामुहिक नृत्य प्रतियोगिता तर्फ गोल्डेन फ्युचर इङलिस सेकेन्डरी बोडिङ्ग गनपा डाँडाखेत प्रथम,गलकोट निरतङ्गना समूह गलकोट मावि गनपा ३ हटिया द्धितीय र जनजागृति माध्यमिक विद्यालय गनपा काडेवास तृतीय भएका छन् भने पुरुष रस्साकसीमा मनोज एण्ड मन्दिरा सप्लार्स आगखेत प्रथम,पैयुडाँडा युवा क्लव द्धितीय,तथा महिला रस्साकसीमा चिसापानी आमा समूह बामिया प्रथम, घुम्टे युवा परिवार आयोजक द्धितीय भएको छ । कार्यक्रममा विजेता समूहलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बृहत कृषि मेला प्रदर्शनी, खुल्ला सामुहिक नृत्य, वडा स्तरीय पुरुष तथा महिला रस्साकर्सी प्रतियोगितासँगै राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार बिष्णु खत्री इश्वर सिहं लगायतका कलाकारहरुले सांगितिक प्रस्तुती रहेको थियो ।

साथै कार्यक्रममा जेष्ठ नागरिक अभिनन्दन, श्रष्ठा सम्मान, सफल युवा व्यावसायी सम्मान, भूपू खेलाडी सम्मान, समाजसेवी सम्मान, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण,कलाकार तथा सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको संस्थाका सदस्य भुमिराज थापाले जानकारी दिए ।

मेला घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता उपाध्यक्ष जीवन साहानीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव सावित्रा थापा र सदस्य प्रदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *