नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

टीकापुर घटना राजनीतिक विद्रोह हाे रेशम चाैधरीलाई उन्मुक्ती दिनुपर्छ : डा भट्टराई
काठमाडाैँ । नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताउनुभयो ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहना विपरीत भएको ठहर गर्दै नयाँ शक्तिले सरकार र चन्दलाई युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अवलम्बन गर्दै आफूहरुलाई रूपान्तरण गर्न आग्रहसमेत गरेको छ ।
आफ्नो पार्टी आमाको नामबाट सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक भट्टराईले अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अङ्गीकृत नागरिकतालगायत विषयमा महिला र पुरुषको समान अधिकार रहेको बताउनुभयो ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले आयोजना गरेको लगानी सम्मेलनको स्वागत गर्दै उहाँले लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिनुभयो । ऐन कानूनको तर्जुमा, प्रक्रियागत सरलता, लगानी सुरक्षा तथा प्रत्याभूतिका लागि बिप्पा सम्झौता वैदेशिक लगानीको अनिवार्य शर्त भएको उल्लेख गर्दै संयोजक डा भट्टराईले यसै महीना हुने लगानी सम्मेलनलाई विगतको झैँ औपचारिकतामा मात्र सीमित गर्न नहुने बताउनुभयो ।