काठमाडाैँमा फेरि शक्तिशाली बम विस्फोट [ अपडेट ]

काठमाडाैँ । राजधानीकाे बसुन्धारामा शक्तिशाली बम विस्फोट भएको छ ।  बम बिस्फोट हुँदा बाटोमा हिडिरहेका तीन जना व्यक्ति घाइते भएका छन् । वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घर अगाडि टपजव म्यानपार कम्पनी रहेको  घरकाे पार्किङमा राखिएको कार मुनि बम बिस्फोट गराइएको  हाे ।

प्रहरीका अनुसार विस्फोटबाट पार्किङ गरेर राखेको गाडीमा षति पुगेको छ भने आसपासका घरमा सिसा फुटेको छ । छर्रा लागेर केही सटर समेत प्वाल परेको छ । बिस्फोटमा परी घाइतेलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *