What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

निजी क्षेत्रसँग हातेमालो हुन्छ : मुख्यमन्त्री पौडेल
What To Know
- हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभएको छ । आजदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय व्यापार मेला २०७५ को उद्घाटनमा उहाँले कला संस्कृतिका नाममा पश्चिमा संस्कृतिलाई प्रदर्शन गर्ने र आफ्नो संस्कृतिलाई छायामा पार्ने काम हुँदै आएकाले आफूले त्यसो नगर्न मकवानपुर उद्योग वाणिज्य सङ्घलाई सुझाव दिनुभयोे ।.
- मेलास्थलमा लोपोन्मुख चेपाङ जातिको घर, परम्परागत काठको रोटे पिङलगायतका निर्माण भइरहेको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाका कक्ष, मञ्च र बाल उद्यान राखिएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेपाली काङ्ग्रेसका जिल्ला सचिव आनन्दराज कठायत, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षलगायतका वक्ताले औद्योगिक वातावरण बनाउन र रोजगार बढाउने कृषि तथा उद्योगमैत्री नीति ल्याउन अनुरोध गर्नुभएको थियो ।.
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभएको छ । आजदेखि हेटौँडामा शुरु भएको राष्ट्रिय व्यापार मेला २०७५ को उद्घाटनमा उहाँले कला संस्कृतिका नाममा पश्चिमा संस्कृतिलाई प्रदर्शन गर्ने र आफ्नो संस्कृतिलाई छायामा पार्ने काम हुँदै आएकाले आफूले त्यसो नगर्न मकवानपुर उद्योग वाणिज्य सङ्घलाई सुझाव दिनुभयोे ।
उहाँले हेटौँडालाई ढिलो भए पनि हेटौँडालाई नै स्थायी राजधानी बनाउनेसमेत उद्योगी व्यवसायीलाई आश्वासन दिनुभयो । मेलामा निःशुल्क बस सेवा र निःशुल्क स्वास्थ्य सेवा राखिएको उद्योग वाणिज्य सङ्घ मकवानपुरका उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो । मेलामा ४४० वटा कक्ष रहेको आयोजकले जनाएको छ ।
मेलास्थलमा लोपोन्मुख चेपाङ जातिको घर, परम्परागत काठको रोटे पिङलगायतका निर्माण भइरहेको छ । राष्ट्रिय औद्योगिक व्यापार मेलाका कक्ष, मञ्च र बाल उद्यान राखिएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य अरुणराज सुमार्गी, नेपाली काङ्ग्रेसका जिल्ला सचिव आनन्दराज कठायत, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षलगायतका वक्ताले औद्योगिक वातावरण बनाउन र रोजगार बढाउने कृषि तथा उद्योगमैत्री नीति ल्याउन अनुरोध गर्नुभएको थियो ।