काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो…
![](https://fairnepal.com/wp-content/uploads/2019/02/tootle-1.jpg)
‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ ।
न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा रिट निवेदन दायर गर्नुभएको थियो ।
यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायात व्यवसायकै रुपमा प्रयोग गर्न नपाइने रिट निवेदनमा उल्लेख छ । अदालतको अन्तिम फैसलामा सो व्यवसाय हाललाई रोक लगाउन नपर्ने उल्लेख छ ।