जनज्योतिलाई दिए एकै व्यक्तिले १५ लाख आर्थिक सहयोग

कौरव खत्री
गुल्मी । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि एकै व्यक्तिले दिए राम्रो आर्थिक सहयोग गरेका छन् । मुसिकोट नगरपालिका १ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार डालेश्वर भूषालले विद्यालयको लागि जग्गा सहित १५ लाख,१हजार,१रुपैया सहयोग प्रदान गरेका हुन ।

विद्यालयमा फाल्गुन १ गते देखि हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञको सातौ दिनका अवसरमा उक्क्त रकम दिएको विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पु¥याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन भइरहेको छ ।

महायज्ञमा प्रमुख बाचक बालयोगेश्वर महाराज श्रीले कथा प्रवचन सहित झाँकी भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *