What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
चार महिनामै २३ अर्ब रकमान्तर
What To Know
- बजेटमा विनियोजन गरिएको भन्दा फरक शीर्षकका आयोजना तथा क्रियाकलापमा सरकारले यसपटक पनि ठूलो रकम खर्च गरेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो चार महिना (फागुन, चैत्र, वैशाख र जेठ)मा मात्र विभिन्न शीर्षकमा २३ अर्ब रुपैयाँ रकमान्तर भएको छ।.
- यो क्रम असारमा झनै बढेको छ । यस्तो रकम खासगरी सवारी साधन खरिद, नदी नियन्त्रण, विदेश भ्रमण ग्रामिण सडक निर्माण, पुनर्निर्माणलगायतका शीर्षकमा खर्च भएको पाइएको छ । राजधानीमा खबर छ ।.
काठमाडौं । बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसदले दिएको निर्देशनविपरीत सरकारले चार महिनामै २३ अर्बभन्दा बढी रकमान्तर गरेको छ ।
आर्थिक अनुशासन कायम गर्न रुपान्तिरित संसदका विभिन्न समितिले रकमान्तर गरी खर्च नर्गन सुझाए पनि यस वर्षसमेत रकमान्तर समस्या घटेको देखिएन ।
बजेटमा विनियोजन गरिएको भन्दा फरक शीर्षकका आयोजना तथा क्रियाकलापमा सरकारले यसपटक पनि ठूलो रकम खर्च गरेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो चार महिना (फागुन, चैत्र, वैशाख र जेठ)मा मात्र विभिन्न शीर्षकमा २३ अर्ब रुपैयाँ रकमान्तर भएको छ।
यो क्रम असारमा झनै बढेको छ । यस्तो रकम खासगरी सवारी साधन खरिद, नदी नियन्त्रण, विदेश भ्रमण ग्रामिण सडक निर्माण, पुनर्निर्माणलगायतका शीर्षकमा खर्च भएको पाइएको छ । राजधानीमा खबर छ ।






