नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पहिरोले कालीगण्डकी आंशिक थुनियो , सतर्कता अपनाउन आग्रह
काठमाडौँ ।
पहिरोका कारण कालीगण्डकी नदी थुनिएको छ । मुस्ताङ जिल्ला घरापजोङ गाउपालिका १ मा खसेको पहिरोले कालिगण्डकी नदी केहि मात्रामा थुनिएको हो ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जल तथा मौसम पूर्वानुमान बिभागले पहिरोले नदि केहि थुनिन गएको पुष्टि गरेको छ ।
उच्च जोखिम हुने नदेखिएतापनि नदी खोलिने क्रममा तल्लो तटिय वेनि बजार सम्मको क्षेत्रमा बहाबमा सामान्य बदली आउन सक्ने हुंदा सतर्कता अपनाउन बिभागले जनाएको छ ।