सात कारोड कारोबार गर्देै सकियो रिडीको माघे संक्रान्ती

पाल्पा ।
तीन जिल्लाको संगम क्षेत्र रिडीमा माघे संक्रान्तीको अवसरमा चलेको मेलामा ७ करोड बढीको कारोवार भएको आयोजकले जनाएको छ ।
नेपालका चारधाम मध्येको एक रुरु क्षेत्रमा लाग्ने माघी मेलाको दुई लाख ५० हजार बढीले अवलोकन, दर्शन गरेको रुरु फ्रेण्ड क्लवका अध्यक्ष रामलाल विश्वकर्माले बताउनुभयो । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरुस्थित आधादर्जन भन्दा बढी संघ सस्थाको संयोजनमा मेला आयोजना गरिएको थियो । माघ १ गतेबाट पाँच दिनसम्म कालिगण्डकी स्नान गर्ने र रुरुका विभिन्न मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लागेको थियो । तीन जिल्लाका विभिन्न घरेलु तथा अन्य होटलहरु, फेन्सीहरु लगायतका स्टलहरु राखिएको थियो ।
माघे सक्रान्तिदेखि तीनदिनसम्म कालिगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *