What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कर नतिर्ने व्यवसायीको फेसबुक एकाउन्ट बन्द हुने
What To Know
- कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ अर्थात् चार हजार चारसय अमेरिकी डलर भन्दा बढी कर प्रत्येक महिना छली भएको यहाँको दैनिक ट्रोइ ट्रे पत्रिकामा जनाएको छ ।.
- हनोइ कर विभागले हालैमात्र मुलुकभरका १३ हजार ५०० फेसबुक मार्फत कारोबार गर्ने व्यवसायीलाई पत्राचार गरेको र करको दायरामा आउन भनेको जनाएको छ । विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन् । रासस.
काठमाडाैँ। भियतनामका सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै कर तिर्न नमान्ने व्यवसायीको सामाजीक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
भियतनामी कर निभाग कार्यालयले कर आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ ।
कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ अर्थात् चार हजार चारसय अमेरिकी डलर भन्दा बढी कर प्रत्येक महिना छली भएको यहाँको दैनिक ट्रोइ ट्रे पत्रिकामा जनाएको छ ।
“हामी फेसबुक कारोबार बन्द गर्न चाहन्नौ तर यदि अनलाइन व्यापारीले कर तिर्न अटेर गरिरहेमा उक्त कारबाहीका लागि पनि बाध्य हुनेछौं,” कर अधिकारीले सञ्चारकर्मीसँग बताए ।
हनोइ कर विभागले हालैमात्र मुलुकभरका १३ हजार ५०० फेसबुक मार्फत कारोबार गर्ने व्यवसायीलाई पत्राचार गरेको र करको दायरामा आउन भनेको जनाएको छ । विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन् । रासस