हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
तस्बिरमा हेर्नुहोस् गुल्मीको रिडी मेलामा दर्शनार्थीकाे घुइँचाे
गुल्मी । चार धाममध्यको एक धाम प्रशिद्ध धार्मिक स्थल रुरु रिडीमा लागेको माघे सक्रान्ति मेलामा भक्तजनको विहानैदेखि घुइचो लागेको छ । विहान ३ बजे देखि नै गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा श्र्रदालुको भिडभाड रहेको छ ।
रिडीमा मुख्य माघेसक्रान्तीमा ठूलो मेला लाग्ने गर्दछ । माघे सक्रान्तिको पहिलो दिन १ गतेलाई जेठी सक्रान्ति, २ गतेलाई माइली सक्रान्ति र तेश्रो दिनलाई कान्छी सक्रान्ति भन्ने मनाइन्छ । पछिल्लो समय थप दुई दिन व्यापार मेलाका लागि छुटाएर माघे सक्रान्ति पर्व मनाइन्छ ।
माघे सक्रान्तिमा कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमा मनोकांक्ष पुरा हुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरु रिडीमा जमघट हुने गर्दछन । गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा, बाग्लुङ लगायत नेपालका बिभिन्न स्थानबाट रुरु रिडीमा नुहाउन तथा अबलोकन गर्न आउने गर्दछन् । रिडीमा आफ्ना पितृहरुलाई पिण्ड दिनेहरुको अत्याधिक भिड लाग्ने गर्दछ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ ।
माघे संक्रान्तिको अवसर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामाग्रीहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।