बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

५ बर्षमा भत्ता ५ हजार,युवालाई भत्ता दिने श्र्रम मन्त्री विष्टको उद्घोष
पाल्पा । आगामी ५ बर्षमा सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले प्रतिबद्धता गर्नुभएको छ ।
मन्त्री विष्टले यही असार भित्रमा जेष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता केही प्रतिशत बढाउने घोषण गर्नुभएको छ । यस्तै गरिवी युवालाई रोजगार भक्ता दिन सरकारले प्रक्रिया अघि बढाएको बताउदै मन्त्री बिष्टले अब सरकार जनताको स्तर उकास्न लागि परेको बताउनुभएको छ ।
पाल्पाको रामपुरमा शुक्रवार देखि शुरु भएको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्नुहुदै मन्त्री विष्टले गरिवी र बेरोजगारीले हजारौं युवा बर्षेनि बिदेशीन बाध्य भएकोले सरकारको चाहना पनि गरिवी, बेरोजगारी समस्या हटाउने रहेको दावि गर्नुभयो ।
मन्त्री बिष्टले जनताका गरिवी टहाउन मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । महोत्सव आउँदो माघ ८ गते सम्म चल्नेछ ।