प्रेरक प्रशंग : म कसाे केही त नबनुला र ?

काठमाडाैँ । हामीले शुरु गरेको लोकसेवा तयारी साम्राग्री तपाईहरुले अत्यधिक मन पराइदिनुभएपछि देशका मूलधारका भनिएका पत्रिका र अनलाइनहरुले पनि हालै शुरु गरेका छन् । हामी हिँडेकाे बाटाेमा अरूले पछ्याउन थालेपछि हाम्रो प्रयास र हाम्रो काम सार्थक बन्दै गएको हामीले महसुस गरेका छौँ । बेतुकका बकम्फुसे कुरा गरेर तपाईँको अमूल्य समय बर्वाद गर्नु छैन । हाइपोथेटिक र क्लिक बाइट हेडलाइन राखेर समाचार जबरजस्ती क्लिक गर्न लगाएर डलर कमाउनु पनि छैन हामीलाई । हामीले नेपाली पत्रकारिता मै नयाँ सोंच र नयाँ अभ्यास गर्ने जमर्को गरेका छौँ । बढीमा दुई मिनट समय दिएर पढ्नुभयो भने पुग्छ । हामीले राससका समाचार बाहेक अन्य समाचार २ मिनट समयलाई मध्यनजर गरेर तयार गर्छौँ । समाचारसँगै जीवनउपयोगी सामाग्री पनि हामी पोष्ट गछौँ । आजदेखि हामीले प्रेरक प्रशंग शुरु गरेका छौँ । आशा छ लोेकसेवा तयारीलाई जस्तै यो प्रशंगलाई पनि मन पराई दिनुहुने छ ।

म कसो नबनुला ?

– खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।

– ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।

– कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।

– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।

– साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।

– सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।

– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।

– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।

– दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।

– कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।

– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।

– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।

– लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।

– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।

– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।

– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।

– पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।

– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।

– कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।

– कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।

– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।

– SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।

– तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।

– पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।

– कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।

– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।

– झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।

– थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।

– तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।

– हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।

– दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।

– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।

– मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने …

प्रयास गर्ने हो भने, म चाँही कसो केही बन्न नसकुला र ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *