सहकारीमा लागेका निरास हुन पर्दैन् : मन्त्री अर्याल

पाल्पा । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले सहकारीमा लागेका जनतालाई निरास हुन नदिन सरकार जनमैत्री र सहकारी मैत्री नियमावली निर्माण गर्ने क्रममा अघि बढेको बताएकी छिन् ।
पाल्पाको रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उट्घाटन गर्दै अर्यालले सहकारीमा आवद्ध जनतालाई उत्साहित बनाउन नियमावली निर्माण गरिरहेको बताईन् । उनले सहकारी बाधक नभई जनताको साधक बन्नु पर्छ भनेर मन्त्रालयले नियमावली निर्माण गरिरहेको मन्त्री अर्यालले बताईन् । फरक प्रसंगमा मन्त्री अर्यालले रामपुर लगाएत देशैं भरको अव्यवस्थित घडेरीको व्यवस्थापन गर्न सरकार प्रतिवद्ध भएर लागेको बताईन् । रामपुर क्षेत्रको अव्यवस्थित घडेरी व्यवस्थापनको लागि पनि आफ्नो मन्त्रलयले दत्त चित्त भएर धेरै काम अघि बढाएको बताउँदै रामपुरको लालपुर्जा विहिन सुकुम्बासि बसोबास क्षेत्रलाई छिट्टै व्यवस्थित बनाउन
कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य युवराज खनाल ,रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, नेपाल सरकारको पूर्व सचिव शान्त बहादुर श्रेष्ठ लगाएतले बोल्दै सहकारीले रामपुर क्षेत्रको आर्थिक विकासमा खेलेको भुमिकाको चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *